नक्कली नोटसहित तीन भारतीय पक्राउ
मेरोन्यूज
२०७८ फागुन १३ गते २०:१६

काठमाडौं । भारतीय नक्कली रुपैयाँसहित प्रहरीले तीन भारतीय नागरिकलाई विराटनगरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको पूर्णियाथाना ग्राम पञ्चायतका ३४ वर्षीय राजु गुप्ता, मधुवनीको सिपाही टोलका ३५ वर्षीय चन्दनकुमार ठाकुर र कनेला रानीपत्राका २२ वर्षीय मोहमद महसुम रहेका छन् ।
विराटनगर–१३ स्थित नहरचोकबाट सिआरभी जतुवाको टोलीले नियमित जाँचका क्रममा टेम्पोमा सवार उनीहरू प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट विराटनगरतर्फ आइरहेका तीनै जनालाई ४८ वटा १ सय रुपैयाँको भारतीय नक्कली नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी मोरङका सूचना अधिकारी डिएसपी मञ्जिल मुकारुङले बताए ।
उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
सम्बन्धित
















लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
प्रतिक्रिया