झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोट्टियो

काठमाडौँ । धौलागिरि गाउँपालिका ४ नाउराको कोपिलाघाटस्थित म्याग्दी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोट्टिएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने नाउरा र चेचुङको सिमाना भएर बग्ने नदीमा बनेको पुलले जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नु पर्ने समस्या हटेको हो ।
नाउराका बासिन्दा रिम रोकाले चार घण्टा घुमाउरो बाटोको यात्रा गर्नु पर्नेमा पुल बनेपछि एक घण्टामै पुग्न सकिने बताए । ‘नाउरा–चेचुङ आवतजावत गर्न खिवाङ हुँदै चार घण्टा हिँड्नु पर्दथ्यो,’ उनले भने, ‘पुल बनेपछि एक घण्टामै पुग्न सकिन्छ । जङ्गल, भिर र खोल्साको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।’
धौलागिरि गाउँपालिकाले नाउराको कोपिलाघाटमा ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । करिब ४१ लाख रुपैयाँको लागतमा निर्माण भएको कोपिलाघाटको झोलुङ्गे पुलबाट नाउरा र चेचुङका ३९ घरधुरी लाभान्वित भएका गाउँपालिकाका प्राविधिक दिलीप थापाले बताए । धौलागिरि गाउँपालिकाले गत वर्ष सुरु गरेको सात वटामध्ये हालसम्म तीन वटा निर्माण सकिएका छन् ।
यसअघि वडा नम्बर ६ मराङको अस्कारे खोलामा ३० लाख ५० हजार रुपैयाँको लागतमा ३५ मिटर लामो ट्रस प्रविधिको पुल निर्माण भएको थियो । सो पुलबाट मल्कवाङ, मराङ, आरबाङ, हाङबाङ, औसीबाङ, भेडिखाल्टा र रघुगङ्गाको कुइनेका सात सय घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष जित गर्बुजाले बताए ।
यसैगरी धौलागिरि गाउँपालिका २ को आवासखोलामा ३२ लाख ४१ हजारको लागतमा निर्माण भएको ३२ मिटर ट्रस पुलबाट खोरियाका सय घरधुरी लाभान्वित भएका छन् । पुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर आवतजावत गर्नु पर्ने बाध्यता हटेको छ । पुल निर्माणका लागि टिबिएसयुको स्वाप कार्यक्रमले लठ्ठा र बुल्डअपग्रिप उपलब्ध गराएको थियो । गाउँपालिकाले स्टिल डेग खरिद र ढुवानी गरेको हो ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया