हस्तक्षेप गरे आणविक हतियार प्रयोग गर्छौं : पुटिन

काठमाडौँ । रुसले युक्रेनलाई समर्थन गर्ने देशलाई आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ । युक्रेन मामिलामा आफ्नो बाटोमा अवरोध खडा भए उसको विकल्पको रूपमा आणविक हतियार प्रयोग गर्नबाट पछि नहट्ने रुसले चेतावनी दिएको हो ।
रुसले दिएको चेतावनीमा नाम नलिए अमेरिकाप्रति संकेत गरेको देखिन्छ । यसैबीच, युक्रेनको राजधानी किभमा भिषण लडाई जारी छ । हिजो राति किभका धेरै ठाउँमा बम विष्फोट भएका छन् । जनजीवन कष्टकर बनेको छ । रुसको बमबारीबाट त्यहाँका धेरै घर ध्वस्त भएका छन् । रुसी सेनाले युक्रेनको उत्तरपूर्वी सुमी र कोनोटोप सहर घेरेको छ ।
रुसी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनासेन्कोभले आफ्नो सेनाले हालसम्म १७ कमाण्ड सेन्टर, १९ वायुरक्षा मिसाइल प्रणाली, ३९ रडार युनिट, ६७ ट्यांक र ६ वटा युद्ध विमानसहित दुई सय ११ युक्रेनी सैन्य प्रतिष्ठानलाई ध्वस्त पारेको बताए ।
शुक्रबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो रक्षामा आक्रमण गर्न आह्वान गर्दै भावनात्मक भिडियो सन्देश जारी गरका थिए । उनले यसका लागि जनतालाई तयार रहन आग्रह गरेका थिए ।
युक्रेनले पनि रुसको विमान खसालेको दाबी गरेको छ । तर, यसको पुष्टि भने भएको छैन । युक्रेनी रक्षा मन्त्रालयले किभमा बस्ने मानिसलाई रुसी सैनिकमाथि आक्रमण गर्न पेट्रोल बम तयार गर्न आग्रह गरेको छ ।
वार्ताका लागि रुस सहमत
रुसको हमलापछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरे । तर, उनले कुनै प्रतिक्रिया पाएनन् ।
यसपछि रुसले एक विज्ञप्ति जारी गर्दै जेलेन्स्कीले फोन गरेको र वार्ताका लागि अनुरोध गरेको बताएको छ । वार्ताका लागि आफू तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।
रुसले वार्ता आफ्नै शर्तमा मात्र हुने स्पष्ट पारेको छ । रुस यो वार्ता बेलारुसको मिन्स्क सहरमा गर्न चाहन्छ युक्रेन पोल्याण्डको भर्साइलमा गर्न चाहन्छ ।













ग्लोबल आइएमई बैंककाे १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना
नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप : जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न
खातामा प्यान नम्बर र इमेल अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंककाे आग्रह
नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा चौधरी
रातभरिमा सहमतिको बिन्दुमा पुग्छौँ : श्याम घिमिरे
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया