१४ सांसदलाई निष्कासन नगरेसम्म संसद चल्दैन : उपाध्यक्ष बादल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेकपा एकीकृत समाजवादीमा लागेका १४ सांसदलाई संसदबाट हटाएको सूचना टाँस नगरेसम्म संसद सुरु हुन नदिने बताएका छन् । आसन्न निर्वाचनलाई केन्द्रीत गरी एमाले सुर्खेतले आयोजना गरेको कर्णाली प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखिकरणलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
देश र जनताका लागि राम्रो काम गरेकाले एमाले एकातर्फ र अरु सबै दल अर्कोतर्फ ध्रुवीकृत भएको कार्यक्रममा उपाध्यक्ष थापाले दाबी गरे । ‘एमालेले हटाएका १४ सांसदको सुचना टाँस गरिए मात्र एमसीसीलगायतका विषयमा संसदीय प्रक्रियामा भाग लिन्छ,’ उनले भने, ‘जनादेशको सरकारलाई हटाएर परमादेशबाट बनेको सरकारले देशलाई आर्थिक रुपमा संकटतर्फ धकेलेको र न्यायापालिका, कार्यपालिका तथा व्यवस्थापिकामा अराजकता फैलाएको छ ।’
एमाले विगतको एकीकृत पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै निरन्तरताको पार्टीका बुझ्नु पर्ने उनको भनाई छ । ‘जनताको अपार मायाको कारण एमाले मुलुकमा सबैभन्दा शक्तिशाली पार्टी बनेको हो,’ उनले भने, ‘एमालेले अघि सारेको विकास र समृद्धिको महान यात्रालाई कुनै पनि शक्तिले रोक्न सक्दैन ।’
केन्द्रीय स्कुल विभाग, निर्वाचन विभाग र स्थानीय तह विभागको आयोजना तथा कर्णाली प्रदेश कमिटीको व्यवस्थापनमा आउँदो निर्वाचनलाई लक्षित गरी आयोजित प्रशिक्षणमा दुई सय १५ जनाभन्दा बढीको सहभागिता छ ।
















काठमाडौं – ३ मा कुलमानले दर्ता गराए उम्मेदवारी
काठमाडौं ५ मा ईश्वर पोखरेलको मनोनयन दर्ता
बैतडीमा ३३ मतदानस्थल अति संवेदनशील
रुकुम पूर्व १ बाट प्रचण्डले गराए उम्मेदवारी दर्ता
बैतडीमा एमालेबाट दामोदर भण्डारीले गराए मनोनयन दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया