शनिबार, वैशाख २६, २०८३

प्रचण्डलाई भट्टराईको चेतावनी– एमसीसीमा साथ नदिए सरकार छाड्नुस्

मेरोन्यूज २०७८ फागुन १४ गते १५:५७

काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

Advertisement
NiccNicc

पूर्वप्रधानमन्त्री समेत रहेका भएका अध्यक्ष भट्टराईले संसदबाट एमसीसी पास गर्नेबेला आफूहरु बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि प्रचण्डलाई चेतावनी दिए । उनले एमसीसी सम्झौंता संसदमा रहेको कूल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनु पर्ने र त्यसको ठाउँका अर्को पार्टी आउने दावी समेत गरे ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताए ।

उनले आफूहरु संसदबाट स्पष्ट बहुमत पु¥याएर सो सम्झौंता पारित गराउन लागि परेको बताए । एमसीसी मुलुकको समृद्धि र विकासका लागि पनि नेपालले पारित गरेर जानुपर्ने भट्टराईको तर्क थियो । उनले एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरासमेत औंल्याए ।

भट्टराईले नेपालले चीन, भारत र अमेरिकालगायतका सबै देशको सहयोग लिएर मुलुकको विकास, समृद्धि र दीगो शान्तिका लागि काम गर्नुपर्ने दोहो¥याए । उनले एमसीसी सम्झौंता आफ्ना लागि नभई राष्ट्रको हितमा भएकाले यसलाई पारित गर्न आफू लागि परेको बताए ।

प्रतिक्रिया