मोटरसाइकल दुर्घटनामा वाईसीएल नेताको मृत्यु

स्याङ्जा । स्याङ्जाको फेदीखोला–१ भालुपहाडमा मोटरसाइकल दुर्घटना हुँदा वाईसीएल केन्द्रीय सदस्य सुवास पौडेलको मृत्यु भएको छ ।
ग ११ प १४५० नम्बरको मोटरसाइकलमा स्याङ्जाबाट पोखरा जाने क्रममा मोटरसाइकल दुर्घटनामा परी ३४ वर्षीय पौडेलको मृत्यु भएको हो ।
शुक्रबार साँझ वाईसीएल स्याङ्जाको बैठक उनी मोटरसाइकलमा एक्लै पोखरा जाँदै थिए ।
सडकबाट मोटरसाइकल चिप्लिएर झन्डै २ सय मिटर तल भेटिएको प्रहरीले जनाएको छ । पौडेलको शव भने मोटरसाइकल भन्दा ५० मिटर माथि भीरमा अल्झिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी राजेन्द्रप्रसाद अधिकारी जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका स्याङ्जा फेदीखोला गाउँपालिका सचिव समेत रहेका पौडेल वाईसीएल स्वास्थ्य विभाग प्रमुखसमेत थिए । वाईसीएल इन्चार्ज तथा माओवादी केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दिपशिखा’ले पौडेलको निधनले स्तब्ध भएको बताएका छन् ।
















लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया