एमसीसीबारे झलनाथले भने– मध्यमार्ग हुँदैन, एस वा नो मार्ग
‘सरकार छोडने विषयमा पार्टीमा कुनै छलफल भएको छैन’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले एमसीसीका सन्दर्भमा कुनै मध्यमार्गी नभएको बताएका छन् ।
‘यसमा मध्यमार्ग भन्ने हुँदैन, एस वा नो को मार्ग’, खनालले भने, ‘हामी यथास्थितिमा नो भन्छौं । राष्ट्रको हितमा हुने गरी संशोधन गरिए एस भन्ने पक्षमा छौं ।’
नेता खनालले यथास्थितिमा एमसीसी संसदबाट पारित नहुने दावी गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले सरकार छोडने विषयमा पार्टी भित्र कुनै छलफल नभएको पनि जानकारी दिए ।
शनिबार माओवादी केन्द्रका शिर्ष नेताहरुसँग छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमसीसीको मुद्धा कसरी टुंगिन्छ, सरकार छोडने वा नछोडने भन्ने विषय पनि त्यसैमा निर्भर रहने बताए ।
खनालले एमसीसी पारित गराउने र सत्तारुढ गठबन्धन पनि टुट्न नदिने मध्यमार्गी बाटोबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए ।
‘अब एमसीसीको मुद्धा कसरी टुंगिन्छ ? त्यसले धेरै कुराहरु निर्णय गर्छ । त्यसो हुनाले एमसीसीको मुद्धा अहिले पनि जारी छ । अहिले हामी पुरानै ग्राउण्डमा छौं ।’– खनालले भने ।
खनालले राष्ट्रिय हित अनुकूल हुने गरी एमसीसी सम्झौता परिमार्जन भएमात्रै आफूहरुले त्यसलाई संसदबाट पारित गराउन साथ दिन सक्ने स्पष्ट पारे ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया