यी प्रदेशमा वर्षाको सम्भावना, सर्तक हुन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहने छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका केही स्थान तथा बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति उच्च पहाडी र हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार पहाडी भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया