खानेपानी संस्थाको चुनावमा सत्ता गठबन्धनलाई हराउँदै एमाले विजयी
मेरोन्यूज
२०७८ फागुन १५ गते ८:१७
बुटवल । रुपन्देहीको देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा एमालेका गुमानसिंह कुँवर निर्वाचित भएका हुन् । एमालेका कुँवरले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित गठबन्धनका मोतिलाल ढकाललाई पराजित गरेका हुन् ।
कुँवर यसअघि पनि उक्त संस्थाको अध्यक्ष थिए । कुँवर सँगै सबै पदमा उनकै प्यानलका एमाले समर्थित उम्मेदवार विजयी भएका छन् । चुनावबाट उपाध्यक्ष अनिशा पौडेल, सचिव हरि पाण्डे र कोषाध्यक्षमा कृष्णप्रसाद ज्ञवाली निर्वाचित भएका छन् ।
सदस्यमा चक्रपाणि न्यौपाने, अनिता कुँवर, उपेन्द्रराज पाण्डे, गौमती बुढाथोकी, रिमबहादुर ढेगा, विष्णुप्रसाद भट्टराई र रुकमाङगत भारती छन् ।
सम्बन्धित
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया