कांग्रेस सिन्धुपाल्चोक अधिवेशन फागुन २७ र २८ मा

काठमाडौँ । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला अधिवेशन यही फागुन २७ र २८ गते हुने भएको छ । शनिबार कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालयमा बसेको बैठकले फागुन २७ गते मनोनयन दर्ता गरी भोलिपल्ट निर्वाचन गर्ने निर्णय गरेको हो ।
मनोनयन दर्ता गरेकै दिन अन्तिम नामावली प्रकाशन गरिने छ । जिल्ला सहसचिव अनुप न्यौपानेका अनुसार यसअघि पटक–पटक सर्दै आएको अधिवेशन फागुन अन्तिम साता गरिने निर्णय गरिएको हो । पार्टीका जिल्लाका शीर्ष नेताको बैठकबाट सो निर्णय गरिएको उनले जानकारी दिए ।
बैठक निर्वाचन अधिकृत देवबहादुर महतका समन्वयमा बसेको थियो । बैठकमा केन्द्रीय सदस्य बस्नेत, जिल्ला सभापति विकास लामा, बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठ, जिल्ला सहसचिव अनुप न्यौपाने, इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङलगायत सहभागी भएका थिए ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपालका महासचिवसमेत रहेका इन्द्रावती गाउँपालिका अध्यक्ष तामाङ र जिल्ला पार्टी सचिव बिलबहादुर तामाङले सभापतिमा आफ्नो उम्मेदवारी प्रस्तुत गरे । त्यस्तै, बालकृष्ण बस्नेत, डा. प्रेमध्वज लामा, राजेन्द्र श्रेष्ठ र विष्णु खत्रीले पनि सभापतिमा दाबी प्रस्तुत गरेका थिए ।













इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
सेयर बजारमा सामान्य अंकको सुधार
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया