वडाध्यक्ष कार्कीको निधनमा सार्वजनिक बिदा
काठमाडौँ । गाडीको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका भेरीगंगा नगरपालिकाका १ सुर्खेतका वडाध्यक्ष नवराज कार्कीको शोकमा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाले शोक वक्तव्य जारी गर्दै आज वडा कार्यालयसहित नगरपालिकाका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएको हो । काठमाडौँस्थित बाँसबारी न्यूरो अस्पतालकमा उपचारका क्रममा शुक्रबार राति वडाध्यक्ष कार्कीको मृत्यु भएको थियो ।
यही फागुन ८ गते वडा कार्यालयबाट नगरपालिकाको बैठकमा सहभागी हुन आउँदै गरेको अवस्थामा भेरीगंगा १२ सुर्खेतस्थित राजीगाउँमा उनी सवार भे ६ प ४४०१ नंको मोटरसाइकललाई नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नंको फोर्स गाडीले ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा परी उपचारका क्रममा मृत्यु भएका ३० वर्षीय वडाध्यक्ष कार्की विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । विसं २०४८ मा जन्मिएका उनी सुर्खेत जिल्लाकै सबैभन्दा कान्छा वडाध्यक्ष हुन् ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया