माओवादी संसदीय दलको बैठक जारी
मेरोन्यूज
२०७८ फागुन १५ गते १३:०९

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक जारी छ ।
माओवादी अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने पार्टी र सत्ता गठबन्धनको निर्णयबारे जानकारी दिन बैठक डाकेका हुन् ।
बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ । आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठकबाट एमसीसी पारित गर्ने निर्णय सत्ता गठबन्धनको बैठकले गरेको छ ।
एमसीसी यही फागुन ५ गते प्रतिनिधि सभामा पेश भएको थियो । एमसीसीलाई संसदबाट अनुमोदन गर्ने समयसीमा भोलि (फागुन १६ गते) सम्म छ ।
सम्बन्धित
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया