मंगलबार, माघ ६, २०८२

एमसीसी अनुमोदनअघि मन्त्रिपरिषद् बैठक बस्दै

मेरोन्यूज २०७८ फागुन १५ गते १४:२५

काठमाडौँ । प्रतिनिधिसभा (संसद)बाट अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्ने सत्ता गठबन्धनको सहमतिसँगै मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

सम्झौता संसद्‌बाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनबीच भएको सहमतिको विषयमा निर्णय गर्न संसद् बैठकअघि मन्त्रिपरिषद्‌को बैठक बस्ने भएको हो ।

आइबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय भएको थियो । टिप्पणी मन्त्रिपरिषद्‌बाट पारित गर्ने तयारीमा सरकार रहेको छ ।

प्रतिक्रिया