राजेन्द्र लिङदेनले साकाहारी पण्डितको मासु खाने कथा सुनाए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले एमसीसी सम्झौता नेपाली जनताको हितमा नभएको बताएका छन् ।
सत्ता गठबन्धन दलहरुले ब्याख्यात्मक टिप्पणी गरेर एमसीसी अनुमोदन गर्ने कुरालाई मासु खाने साकाहारी पण्डितको कथा सुनाए ।
लिङदेनले कथा यसरी सुनाए– ‘साकाहारी पण्डितलाई मासु खान मन लागेछ । उसले यस्तो उपाय निकालेछ, बास्तवमा पशुले घाँस खाने भएकाले साकाहारी मान्न सकिन्छ भनेर मासु खाने बाटो खोलेछ ।’
लिङदेनले यहाँ पनि ब्याख्त्मक टिप्पणी गरेर पारित गर्ने कुरा भएको भन्दै त्यो जनताको हितमा नभएको बताए ।
एमसीसी पास गरिए देश द्वन्द्वतर्फ जाने भन्दै उनले जनतको विरोधकाबीच जनतालाई काँडेतारले छेकेर एमसीसी पास गर्ने कुरा मान्य नहुने बताए ।
लिङदेनले संसदले गर्ने हरेक निर्णय ठीक नहुने पनि तर्क गरे । कोलाहलका बीच गरिने निर्णय मान्य नहुने पनि उनले स्पष्ट गरे ।
‘यसलाई जोर जबर्जस्त रुपमा प्राविधिक रुपमा हल गरेर टुंग्याउन मिल्दैन’, उनले प्रश्न गरे, ‘अन्य सहायता संसदबाट अनुमोदन गर्नु नपर्ने, यो पाँच वर्षमा सकिने सम्झौतालाई संसदबाट किन अनुमोदन गर्नुपर्यो ?
उनले ब्याख्यातम टिप्पणी गरी कथित तर्क ल्याएर जनतालाई भ्रम पार्ने कुरा सैह्य नहुने भन्दै सबैलाई गम्भीर हुन आग्रह गरे ।
वैदेशिक सम्झौतालई सत्ता चढ्ने भरेङ र सत्तामा बस्ने लिसोको रुपमा प्रयोग नगर्न पनि उनले नेताहरुलाई आग्रह गरे । अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर हुन पनि उनले सबैलाई आग्रह गरे ।















चितवनमा बिहे भोज खाएका ९३ जना बिरामी
७३ वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह
Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
सामान्य अंकले बढ्यो सेयर बजार
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
प्रतिक्रिया