एमसीसी संशोधन नगरी स्वीकार्य छैनः गिरीराजमणि

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल एमसीसी संशोधन नगरी स्वीकार्य नहुने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै पोखरेलले एमसीसी सम्झौता विकासका लागि मात्रै नआएको बताए ।
‘विकासका लागि आएको सम्झौता भए, कुनै आपत्ति हुने थिएन । सझौताका केही प्रावधानले अमेरिकाको कानून पालना गर्नुपर्ने हुन्छ ।’– उनले भने ।
सहयोग परियोजना संसदले अनुमोदन गर्ने कुराले संसदकै मानमर्दन गर्ने पनि उनले स्पष्ट गरे । ‘संसदले अनुमोदन गर्नुपर्ने नै थिएन । यसले संसदमा गलत नजिर बनाउनेछ ।’– उनले भने ।
एमसीसी अनुमोदन गर्ने रबरस्टेम्प बनाउन खोजिएको पनि पोखरेलले आरोप लगाए ।
एमसीसी सम्झौता गरिए अमेरिकी परियाजनाले समानान्तर सरकार जस्तै सरकार चलाउने उनले दाबी गरे ।
यो सम्झौता पारित गरिए नेपालको संविधान नै संशोधन हुने स्थिति पैदा हुने पोखरेलको भनाई छ । यो सम्झौताको समाप्तिपछि पनि कार्यान्वयन हुने कुरा गम्भीर अवस्था सम्झौतामा राखिएको उनले बताए ।
नेता पोखरेलले भारत सरकारको पनि सहमति चाहिने कुराले एमसीसी दुई पक्षीय सम्झौता मात्रै हुन नसकेको बताए । ‘यो सम्झौताको नाममा नेपालको विद्युत उर्जामा हात हाल्न खोजेको देखिन्छ ।’– पोखरेलले भने ।
पोखरेलले एमसीसी सम्झौता हिन्द सागरको रणनीतिक महत्वको सम्झौता भएको भन्दै यस्तो सम्झौता गरेर छिमेकीलाई चिढ्याउन नसकिने स्पष्ट गरे ।
उनले युक्रेनको घटनाबाट पाठ सिक्न पनि आग्रह गरे । यो सदनले यो सम्झौता परिमार्जन गरेर मात्र पारित गर्नुपर्ने आजको आवश्यकता रहेको उनले बताए ।














कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया