एमसीसी संसदमा आजै पारित गर्ने तयारी
सैद्धान्तिक छलफल सकेपछि आजै संसदको अर्काे बैठक बोलाइने, त्यही वीचमा मन्त्रिपरिषद् बैठक बानेश्वरमै बस्ने

काठमाडौं । सरकारले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसीसँग गरेको कम्याक्ट सम्झौता संसदबाट आजै पारित गर्ने तयारी गरेको छ । प्रतिनिधीसभामा अहिले एमसीसीको सैद्धान्तिक विषयमाथी छलफल चलिरहेको छ । सांसदहरुले त्यसमा ५ मिनेटको दरमा आ आफनो धारणा राखिरहेका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरोध गरेपनि एमालेका सांसद भीम रावलले भने प्रक्रियामा भाग लिएर एमसीसीको विरोध गरेका छन् । एमसीसीमाथीको पारम्भिक छलफलमा सम्झौताको विरोधमा मत राख्ने सांसदहरुले बढी बोलिरहेका छन् । केही सिमित सांसदले भने पक्षमा धारणा राखेका छन् ।
दुई जना प्रधानमन्त्रीले आफनो धारणा राखिसकेका छन् । डा बाबुराम भटटराईले पक्षमा र अर्का पूर्व प्रधानमन्त्री झलनाथ खनालले विपक्षमा मत राखेका छन् ।
सैद्धान्तिक छलफलमा बोल्न चाहने सांसदहरुले आफनो धारणा राखिसकेपछि उठेका प्रश्नहरुको अर्थमन्त्री जर्नादन शर्माले जवाफ दिनेछन् ।
त्यसपछि बैठक सकिएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गदैं आजै फेरि अर्काे बैठकको समय निर्धारण गर्नेछन् ।
सभामुखले अर्काे बैठक आधार घण्टाको समय ग्याव राखेर तोक्ने तयारी भएको संसद सचिवालय स्रोतले बताएको छ । त्यही आधा घण्टाको वीचमा मन्त्रीपरिषद्को बैठक नयाँ बानेश्वरस्थित संसद भवनमै बस्नेछ । त्यही बैठकले विहान सत्तागठबन्धन दलका वीचमा भएको एमसीसीको ब्याख्यात्मक टिप्पणी सहितको ११ बुँदे प्रस्तावलाई अनुमोदन गर्नेछन् ।
मनित्रपरिषद्ले अनुमोदन गरेको त्यही ब्याख्यात्मक टिप्पणी सहितको प्रस्ताव दोस्रो पटक शुरु हुने बैठकमा पेश गर्ने सरकारको तयारी छ ।
त्यसपछि एमसिसी सम्झौतामा दफावार छलफल दोस्रो पटक बस्ने संसदमा शुरु हुनेछ । त्यो सकिउपछि आजै मतदानको प्रक्रिया सुरू गर्ने गरी तयारी संसद सचिवालयले गरेको छ ।
आजै मतदानको प्रक्रिया पूरा गरेर एमसीसीको निर्णय लिने तयारीमा सरकार जुटेको छ ।
















रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया