आन्दोलनमा संयमता अपनाएको भन्दै गृह प्रशासन र सुरक्षा निकायलाई गृहमन्त्रीको धन्यवाद
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी सहयोग नियोक (एमसीसी)का सम्बन्धमा भएको आन्दोलनमा संयमता अपनाएर सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू र उपत्यकाका सुरक्षा प्रमुखहरूमा धन्यवाद व्यक्त गर्नु भएको छ ।
गृहमन्त्री खाणले प्रतिनिधि सभाबाट बहुमतले एमसीसी पास भएपछि गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, गृह मन्त्रालयको सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख अघिकारीहरू क्रमशः गोविन्द रिजाल, घनश्याम उपाध्याय र रुद्रादेवी शर्मा तथा उपत्यकाका सुरक्षा निकायका प्रमुखहरूलाई टेलिफोन गरेर धन्यवाद व्यक्त गर्नुभएको हो । उहाँले सुरक्षाकर्मीहरू साथीहरू घाइते हुँदासमेत संयमता अपनाएर सुरक्षा दिने काममा अहोरात्र खटिएकोमा प्रशंशा व्यक्त गर्नुभयो ।
‘एमसीसीबारे भएको आन्दोलनमा संयमता अपनाएर नागरिकलाई सुरक्षा प्रदान गरेको, आन्दोलनमा आएकाहरू उत्तेजित हुँदासमेत संयम भएर सुरक्षा दिएकोमा धन्यवाद दिनुभएको हो,’ गृह मन्त्रालयका प्रवक्तासमेत रहनु भएका सुरक्षा समन्वय महाशाखाका प्रमुख सहसचिव पोखरेलले बताउनु भयो ।
गृहमन्त्री खाणले आन्दोलनका क्रममा घाइते भएका सुरक्षाकर्मी र आन्दोलनकारीको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।















थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा २२ जनाको मृत्यु
काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले
गोलभेँडाले उचित मूल्यपाएपछि सर्लाहीका किसान उत्साहित
देवघाटमा लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु
प्रधानन्यायाधीश राउत अस्पताल भर्ना
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया