निर्वाचनमा जान ८० दलले दिए निवेदन

काठमाडौँ । आगामी स्थानीय तह निर्वाचनमा ८० दल सहभागी हुने भएको छ । एक सय १० वटा राजीतिक दलमध्ये ८० वटा दलले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन निवेदन दिएको आयोगले जनाएको छ ।
आयोगले गत फागुन ५ देखि आइतबारसम्म दल दर्ता गर्न समय निर्धारण गरेको थियो । राष्ट्रिय दल मान्यता प्राप्त नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीसहित ८० दलले निवेदन दिएको हो ।
निवेदन लिने प्रक्रिया सकिए पनि आवश्यक कागज भए र नभएबारे छानबिनको काम चैत २५ सम्म हुने आयोगले जनाएको छ । छानबिन सकिएपछि चैत २६ मा राजनीतिक दल दर्ताको स्वीकृति दिने निर्वाचन कार्य तालिका रहेको छ ।
आयोगमा दर्ता भएका दलहरूले निर्वाचनका लागि दल दर्ता गर्नु पर्ने कानुनी प्रावधान छ । २०७४ को स्थानीय तहको निर्वाचनमा ८० वटा राजनीतिक दलले निवेदन दिए पनि ५७ वटाले मात्रै हुन पुगेको थियो ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया