कांग्रेस कैलालीको नेतृत्वका लागि दोश्रो चरणमा निर्वाचन हुने

धनगढी । कैलालीमा नेपाली कांग्रेसको नेतृत्व चयनका लागि दोश्रो चरणमा निर्वाचन हुने भएको छ ।
आइतबार भएको पहिलो चरणको निर्वाचनको मत गणना सकिंदा सभापतिमा कुनैपनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेनन् । पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसकेपछि फागुन १८ गते दोश्रो चरणको निर्वाचन हुने भएको हो ।
कांग्रेसको विधान अनुसार तीन भन्दा बढी उम्मेदवार हुँदा पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ । कांग्रेस कैलालीको निर्वाचनका लागि सभापतिमा प्रकाश बम, नारायणदत्त भट्ट र रामबहादुर कलेल उम्मेदवारी दिएका थिए ।
सोमबार सम्पन्न पहिलो चरणको मतगणना अनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी १ हजार १६९ मत पाएका छन्, भने सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत पाएका छन् । दोश्रो चरणमा पहिलो बढी मत ल्याउने बम र दोस्रो बढी मत ल्याउने भट्टबीच सभापतिका लागि प्रतिस्पर्धा हुने छ ।
दोश्रो चरणको निर्वाचन फागुन १८ गते बुधबार हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले बताए । आइतबार भएको पहिलो चरणको मतदानमा २ हजार ४८५ जना प्रतिनिधिले मत खसालेका थिए ।
















राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ४० अर्ब रुपैयाँ खिच्ने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया