उदयपुरमा वर्डफ्लुले १६ सय कुखुरा मरे, ५ हजार नष्ट गरिँदै

काठमाडौँ । उदयपुरको ताप्ली गाउँपालिकामा वर्डफ्लु भेटिएको छ । उदयपुरमा पहिलोपटक बर्डफ्लु भित्रिएको हो ।
ताप्ली गाउँपालिका ३ इनामेका किसानले पालेको लोकल कुखुरा, परेवा, टर्की र जंगली पशुपन्छीमा संक्रमण पाइएको हो । एक हजार ६ सयभन्दा बढी कुखुरा मरेका छन् ।
केही दिनअघि स्थानीय होमबहादुर मगर, चक्रबहादुर मगर, बमबहादुर तामाङ लगायतले पालेका कुखुरा धमाधम मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु देखिएको भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख डा. अजय साहले जानकारी दिए । त्यस क्षेत्रमा एक हजार ६२५ पन्छी मरेको साहले बताए ।
कुखुरा मरेका जानकारी पाएलगत्तै बर्डफ्लुको आशंकामा स्थानीयको लिर्यस कुखुरा २० वटा, जंगली पन्छी ५ वटा र परेवा ३ वटा नमुना परीक्षणका लागि विराटनगर पठाइएको थियो । विराटनगरको प्रारम्भिक परीक्षणपछि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षणमा बर्डफ्लु पुष्टि भएको साहले बताए ।
भारतीय बजारबाट कटारी बजार हुँदै मार्केटिङका लागि लगिएका लिर्यस र बोइलर कुखुराबाट बर्डफ्लु भित्रिएको स्थानीयबासीको आशंका रहेको छ । भारतीय बजारबाट कटारी बजार हुँदै मार्केटिङका १५ दिन अघि थारो लिर्यस र बोइलर कुखुरा बिक्रीका लागि लगिएको स्थानीयबासीले जानकारी दिएको साहले बताए । ५ हजार पन्छी नष्ट गरिने साहले बताए ।
















पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाको भिडन्त निश्चित, गराए उम्मेदवारी मनोनयन
ताप्लेजुङका प्रभावशाली २ नेता एमालेमा प्रवेश
ओलीले दर्ता गराए उम्मेदवारी
Gold and silver price continues surge
बाजुराका ६२ मतदानस्थल अति संवेदनशील
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया