मंगलबार, माघ ६, २०८२

यस्तो छ आजको मौसम

मेरोन्यूज २०७८ फागुन १७ गते ७:४१

काठमाडौँ । आज मंगलबार देशभर मौसम अनुकूल रहने आंकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कुनै पनि उल्लेखनीय मौसमी प्रणाली रहेको छैन ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रमा मौसम सफा रहने छ । प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना भने रहेको छ । राति गण्डकीका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बुधबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी क्षेत्रमा मौसम सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया