मृग मारेको आरोपमा एक जना पक्राउ
मेरोन्यूज
२०७८ फागुन १७ गते ८:३७

काठमाडौँ । संखुवासभाको चैनपुर नगरपालिका ७ वालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एक जना पक्राउ परेका छन् । सभापोखरी गाउँपालिका घर भई हाल चैनपुर ७ फलाटे बस्ने ३५ वर्षीय दिलबहादुर श्रेष्ठ पक्राउ परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योजराज खतिवडाले जानकारी दिए ।
श्रेष्ठलाई चैनपुर ७ वालेश्वर गुफाबाट नजिकैबाट पक्राउ गरिएको हो । अस्थायी प्रहरी चौकी पिलुवाखोलाबाट खटिएको प्रहरीको गस्ती टोलीले बोरामा लुकाई राखेको रतुवा मृगसहित श्रेष्ठलाई पक्राउ गरेको खतिवडाले बताए ।
रतुवा मृग मारेको आरोपमा पक्राउ परेका श्रेष्ठको साथबाट एक थान भरुवा बन्दुकसमेत फेला परेको छ । पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत संखुवासभाबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
प्रतिक्रिया