बुधबार, माघ ७, २०८२

महायज्ञ उद्घाटन गर्न रौतहट जाँदै केपी ओली

मेरोन्यूज २०७८ फागुन १७ गते ९:२६

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बिहान रौतहट जाँदै छन् । मौलापुरमा आयोजना हुन लागेको मधानी महायज्ञको उद्घाटन गर्न ओली रौतहट जान लागेका हुन् ।

मौलापुरका मेयर रिनाकुमारी साहको नेतृत्वमा बालकोट पुगेको टोलीले मौलापुरमा हुने महायज्ञको प्रमुख अतिथिका रूपमा आएर उद्घाटन गर्न अनुरोध गरेको थियो । मौलापुर ५ पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरमा महाशिवरात्रिको अवसरमा नगरपालिकाको आयोजनामा महायज्ञ हुन लागेको हो ।

महायज्ञमा नायक राजेश हमाललगायत कलाकारको प्रस्तुति रहने छ ।

प्रतिक्रिया