एमाले बाराका जिल्ला नेताहरु माओवादीमा प्रवेश

काठमाडौं । नेकपा एमाले बाराका दुई जिल्ला नेताले एमाले त्यागेका छन् । उनीहरु एमाले त्याग्दै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज आफ्नै निवास खुमलटारमा माओवादी प्रवेश गराएका छन् ।
यसरी एमाले त्यागेर माओवादी प्रवेश गर्नेमा एमाले बाराका निवर्तमान जिल्ला कमिटी सदस्य केदार गौतम र बाराको आदर्श कोतवाल गाउँपालिकामा अध्यक्षका प्रत्यासी एवम् एमाले जिल्ला कमिटी सदस्य लालबाबु प्रसाद यादव छन् ।
उनीहरुसँगै एमाले निजगढ नगरकमिटी सदस्य मोहन डिसी, अर्का एमाले कार्यकर्ता रमेश गौतम र राष्ट्रिय युवा परिषद मधेस प्रदेश सञ्जालका संयोजक श्याम शाहले पनि एमाले छोडेर माओवादी प्रवेश गरेका छन् ।
त्यसैगरी निजगढ नगरपालिका १२ निवासी जसपानिकट गलैँचा श्रमिक संघ संगठनका केन्द्रीय सहसचिव किरण लामा, बुद्ध थिङ, निजगढ नगरपालिका(१२ निवासी बाबु थिङ पनि माओवादीमा प्रवेश गरेका छन्। माओवादी केन्द्रका नेताहरु राजन पौडेल लगायतको पहलमा उनीहरु एमाले छोडेर माओवादी केन्द्रमा प्रवेश गरेको बताईएको छ ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया