शुक्रबार, वैशाख २५, २०८३

एमाले बाराका जिल्ला नेताहरु माओवादीमा प्रवेश

मेरोन्यूज २०७८ फागुन १८ गते १३:०९

काठमाडौं । नेकपा एमाले बाराका दुई जिल्ला नेताले एमाले त्यागेका छन् । उनीहरु एमाले त्याग्दै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज आफ्नै निवास खुमलटारमा माओवादी प्रवेश गराएका छन् ।

Advertisement
NiccNicc

यसरी एमाले त्यागेर माओवादी प्रवेश गर्नेमा एमाले बाराका निवर्तमान जिल्ला कमिटी सदस्य केदार गौतम र बाराको आदर्श कोतवाल गाउँपालिकामा अध्यक्षका प्रत्यासी एवम् एमाले जिल्ला कमिटी सदस्य लालबाबु प्रसाद यादव छन् ।

उनीहरुसँगै एमाले निजगढ नगरकमिटी सदस्य मोहन डिसी, अर्का एमाले कार्यकर्ता रमेश गौतम र राष्ट्रिय युवा परिषद मधेस प्रदेश सञ्जालका संयोजक श्याम शाहले पनि एमाले छोडेर माओवादी प्रवेश गरेका छन् ।

त्यसैगरी निजगढ नगरपालिका १२ निवासी जसपानिकट गलैँचा श्रमिक संघ संगठनका केन्द्रीय सहसचिव किरण लामा, बुद्ध थिङ, निजगढ नगरपालिका(१२ निवासी बाबु थिङ पनि माओवादीमा प्रवेश गरेका छन्। माओवादी केन्द्रका नेताहरु राजन पौडेल लगायतको पहलमा उनीहरु एमाले छोडेर माओवादी केन्द्रमा प्रवेश गरेको बताईएको छ ।

प्रतिक्रिया