पार्टी केन्द्रीय समितिलाई पूर्णता दिने तयारीमा देउवा
कोषाध्यक्षमा कार्कीको सम्भावना, केन्द्रीय सदस्यमा ‘सर्ट लिस्टिङ’ हुँदैं

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता प्रतिनिधि सभाबाट पारित गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा बाँकी मनोनयनका लागि छलफलको थालनी गरेका छन् ।
नेपाली कांग्रेसको गत मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा सम्पन्न १४ औं महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित देउवाले मनोनयन गर्न बाँकी कोषाध्यक्ष र केन्द्रीय सदस्य मनोनयनका लागि नेताहरूसँग छलफल अगाडी बढाएका हुन् ।
कांग्रेसमा अब एक पदाधिकारी (कोषाध्यक्ष) र २० सदस्य मनोनित गर्न बाँकी छ ।
सदस्यमा पार्टी विधान अनुरुप केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला पुर्याउनु पर्ने भएकाले २० मध्य १३ महिला मनोनित गर्नु पर्नेछ । १६७ सदस्यीय कार्यसमितिमा ५६ महिला भएपछि ३३ प्रतिशत पुग्छ ।
त्यसमा अहिले ४३ जना मात्रै छन् । विभिन्न कलष्टरबाट एक पदाधिकारीसहित ४१ निर्वाचित र दुई मनोनित गरी ४३ जना छन् । बाँकी ७ जना पुरुष छन् । ती मध्ये पनि विभिन्न कलष्टरबाट निर्वाचित गर्नुपर्ने बाध्यतामा देउवा छन् ।
सबैभन्दा धेरै कोषाध्यक्षमा देउवालाई गाह्रो छ । एकातिर महिला पदाधिकारीमा थोरै भएकाले महिलालाई कोषाध्यक्ष बनाउनु पर्ने दबाब छ भने अर्कोतिर महाधिवेशनमा पदाधिकारीमा आकांक्षा देखाएकालाई कोषाध्यक्ष मनोनयन गर्ने आश्वासन कार्यान्वयन गर्नुछ ।
त्यतिमात्र होइन, पार्टीमा योगदान पुर्याएका तर अहिलेसम्म पद नपाएकालाई पनि व्यवस्थापन गर्नुछ ।
बालुवाटार स्रोतका अनुसार, कोषाध्यक्षमा पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, पुष्पा भुसाल, डिला संग्रौला, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, महेश रिजालसहितका दर्जन बढी नेताहरूले आकांक्षा देखाएका छन् ।
तर, पार्टी कोषको परिचालन गर्ने र आफ्नो विश्वासमा चल्ने नेता चाहिने भएकाले वर्तमान सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रहेका केन्द्रीय सदस्य कार्कीलाई कोषाध्यक्षमा मनोनित गर्ने तयारीमा देउवा छन् ।
१४ औं महाधिवेशनमा खुल्ला ३५ तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित कार्की महाधिवेशनमा महामन्त्रीको दाबेदार थिए । कार्की देउवाको ससुरालीतर्फका नातेदार पनि पर्छन् ।
केन्द्रीय सदस्यहरूमा भने ‘सर्ट लिस्टिङ’ गर्ने काम भइरहेको बालुवाटार स्रोतले बतायो ।
















थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
डिभिजन वन कार्यालय चितवनले सडक किनारका जोखिमयुक्त रुख हटाउँदै
रौतहटमा लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सञ्चालन
लेक लागेर सगरमाथा आरोहीको निधन
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
प्रतिक्रिया