मानव बेचविखन तथा ओसारपसार उद्योग कसूरमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं,
मानव बेचबिखन तथा ओसारपसार उद्योग कसूरमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ घर भएका ३९ वर्षीय मोती लामा छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
आर्थिक अवस्था कमजोर भएका सोझासाझा व्यक्तिहरूलाई एउटा मृगौला झिक्दा खासै फरक नपर्ने भन्दै उनले फकाउने गरेको आरोप प्रहरीको छ ।
एउटा मृगौलिा दिंदा ८ लाख रुपैयाँ हात पर्छ भनी उनले प्रलोभन देखाएको समेत प्रहरीले जनाएको छ ।
मृगौला झिक्नको लागि भारत लैजाने प्रयोजनार्थ काठमाडौं महानगरपालिका–१६ माछापोखरी क्षेत्रमा दुई जना व्यक्ति ल्याई राखेको भन्ने सूचना प्राप्त गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले माछापोखरीस्थित होटल न्यू दक्षिणकालीबाट दुईजना पीडितहरुको उद्धार गर्नुका साथै मोतीलाई पक्राउ गरेको हो ।
उनलाई मानब बेचबिखन तथा ओसारपसार उद्योग कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
















गैरीगाउँको सुकुमबासी बस्ती खाली गरियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
आज विश्व औलो दिवसः नेपालमा आयातित औलोका बिरामी बढी
दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने
कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया