करेन्ट लागेर तीन जनाको मृत्यु

काठमाडौं । तनहुँ, रोल्पा र मोरङमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।
तनहुँको ब्यास नगरपालिका–१ मौरीयाटार बस्ने ६८ वर्षीय ओमबहादुर नेपालीको करेन्ट लागेर बिहीबार मृत्यु भएको हो ।
घर नजिकैको खोलाबाट पानी तान्न मोटर चलाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रोल्पाको गंगादेव गाउँपालिका–७ धपरी बस्ने ३० वर्षीय टिकाराम वलीको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ ।
रोल्पा नगरपालिका–७ निम्रीस्थित वेभ सर्भर जडान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि जिल्ला अस्पताल रेउघातर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।
मोरङको मिक्लाजुङ्ग गाउँपालिका–८ बस्ने २९ वर्षीय नगेन्द्र बस्नेतको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ ।
मिक्लाजुङ्ग गाउँपालिका–२ र ईलाम चुलाचुली गाउँपालिका–६ को सिमानास्थित नुनसरी खोलामा करेन्ट लगाई माछा मार्नेक्रममा करेन्ट लाग्दा उनी अशक्त बनेका थिए ।
उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।















अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
गाजा संकट गहिरिँदै: मृतक संख्या बढ्दो
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया