भन्सार छलेर ल्याइएका साढे पाँच लाख बराबरको सामान बरामद

परासी । भन्सार छलेर ल्याइएको झण्डै साढे पाँच लाख मूल्य बराबरको मालसामान पश्चिम नवलपरासी प्रहरीले बरामद गरेको छ ।
अन्दाजी ५ लाख ४१ हजार ६ सय मुल्य बराबरको बिभिन्न अवैध मालसामान जिल्लाका बिभिन्न स्थानबाट बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।
शनिबार विहान ४ बजेको समयमा अस्थायी प्रहरी पोष्ट ज्यामिरेबाट खटिएको प्रहरी टोलीले पुर्व–पश्चिम राजमार्गको सुनवल नगरपालिका वडा नं. ७ ज्यामिरे स्थितमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको लु २ ख १९९३ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसको डिक्की भित्र बेबारिसे अबस्थामा रहेका सामानहरु प्रहरीले बरामद गरेको छ ।
माईक्रो ओभेन २ थान, ल्यापटव १० थान, सिलिङ फेन २८ थान, पानी फिल्टर १ थान, ईन्भटर व्याट्री २ थान, साउण्ड सिस्टम १ थान लगायतका मालसामान फेला पारी तत्काल बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानहरु भन्सार कार्यालय बुझाउने प्रक्रिया भइरहेको डीएसमी शाहीले बताए ।
त्यसैगरी भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको ४० हजार मुल्य बराबरको १६० के.जी. अवैध माछा सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नं. १ झरही खोलाबाट बरामद गरेको छ ।
बरामद माछा शनिबार नै पशु क्वारेन्टाईन महेशपुरको रोहवरमा खाल्डो खनी पुरी नष्ट गरिएको छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
प्रतिक्रिया