आइतबार, माघ ४, २०८२

भन्सार छलेर ल्याइएका साढे पाँच लाख बराबरको सामान बरामद

मेरोन्यूज २०७८ फागुन २१ गते २०:१३

परासी । भन्सार छलेर ल्याइएको झण्डै साढे पाँच लाख मूल्य बराबरको मालसामान पश्चिम नवलपरासी प्रहरीले बरामद गरेको छ ।

अन्दाजी ५ लाख ४१ हजार ६ सय मुल्य बराबरको बिभिन्न अवैध मालसामान जिल्लाका बिभिन्न स्थानबाट बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

शनिबार विहान ४ बजेको समयमा अस्थायी प्रहरी पोष्ट ज्यामिरेबाट खटिएको प्रहरी टोलीले पुर्व–पश्चिम राजमार्गको सुनवल नगरपालिका वडा नं. ७ ज्यामिरे स्थितमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको लु २ ख १९९३ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसको डिक्की भित्र बेबारिसे अबस्थामा रहेका सामानहरु प्रहरीले बरामद गरेको छ ।

माईक्रो ओभेन २ थान, ल्यापटव १० थान, सिलिङ फेन २८ थान, पानी फिल्टर १ थान, ईन्भटर व्याट्री २ थान, साउण्ड सिस्टम १ थान लगायतका मालसामान फेला पारी तत्काल बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानहरु भन्सार कार्यालय बुझाउने प्रक्रिया भइरहेको डीएसमी शाहीले बताए ।

त्यसैगरी भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको ४० हजार मुल्य बराबरको १६० के.जी. अवैध माछा सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नं. १ झरही खोलाबाट बरामद गरेको छ ।

बरामद माछा शनिबार नै पशु क्वारेन्टाईन महेशपुरको रोहवरमा खाल्डो खनी पुरी नष्ट गरिएको छ ।

प्रतिक्रिया