आइतबारसम्म युक्रेन छाड्ने मानिसको संख्या १५ लाख पुग्ने अनुमान

किभ । रुसी सेनाले युक्रेनमा हमला गरेको ११औं दिन आज पनि युक्रेनका विभिन्न सहरहरुमा तीव्र हमला भएका छन् । युक्रेनमा रुसी हमलाका कारण दिनहुँ विस्थापित हुनेको संख्या बढ्दो छ । रुसी हमलाका कारण आइतबारसम्म युक्रेन छाड्ने मानिसहरुको संख्या १५ लाख पुग्ने अनुमान गरिएको छ ।
किभले रुसमाथि थप प्रतिबन्ध लगाउन र आफूहरुलाई हतियार उपलब्ध गराउन पश्चिमा देशहरुलाई दबाब दिएको छ ।
रुसी फौजले घेरा हालेका दुई दक्षिणी सहरहरु मारिओपोल र भोलनोभाखामा युद्धबिराम उल्लंघन भएको छ । युद्धबिराम उल्लंघन भएसँगै मस्को र किभले एक अर्कामाथि आरोप–प्रत्यारोप गरेका छन् ।
शनिबार राति एउटा टेलिभिजन सम्बोधनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले कब्जा गरेको क्षेत्रका स्थानीयलाई रुसी सेनाको प्रतिकार गर्न र लड्न आह्वान गरे ।
देशको पुर्ननिर्माण गर्ने वाचा गर्दै उनले भने, ‘हामी बाहिर जानुपर्छ र हाम्रो शहरहरूबाट यो खराबलाई हटाउनै पर्छ ।’ यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले निशस्त्र र तटस्थ युक्रेन चाहेको बताएका थिए ।










सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस
जेनजी आन्दोलनका क्रममा फरार दुई थुनुवा पक्राउ
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया