तुलाको मनमा चिन्ता, तपाईंको राशीले के भन्छ ?

आज २४ फागुन २०७८ मंगलबार । तद्नुसार मार्च महिनाको ८ तारिक २०२२ । फागुन शुक्लपक्ष षष्ठी, कौलव करण, कृत्तिका नक्षत्र, वैधृति योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः२१ मा भएको छ भने सूर्यास्त ०६ः०८ मा हुनेछ । आज विहान ११ः५२ देखि १२ः३९ सम्म अभिजित मुहूर्त रहेको छ ।
मेष
मेष राशि भएका जातकका लागि हरेक मंगलवार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ । शत्रुमाथिको विजयप्राप्ति हुने भएपनि आर्थिक व्याय र हानी हुने देखिन्छ । आजको दिन तपाईले बजारमा सामान खरिद नगर्दा राम्रो हुन्छ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्य नारायणको दर्शन गर्नहोला ।
वृष
आजको दिन अध्ययन अध्यापनमा रुचि कम र मनमा चिन्ता छाउने छ । यदी आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ । यदी यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच, र कसैसँग विवाद हुने काम र कुरा नगर्दा राम्रो हुनेछ ।
मिथुन
आजको दिन मिथुन राशिका जातकहरुले आफ्नो सोचअनुसारको कुनै नयाँ काम गर्न सक्नुहुनेछ । विगतमा रोकिएका र अप्ठारा कामहरु समेत समाधान हुँदैन जानेछन् । अर्थलाभ र अध्ययन अध्यापनमा समेत सफलता मिल्नेछ । कसैसँग वैरभाव नराख्नुहोला । मनमा चिन्ता र भय छ भने त्यो हटदै जानेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।
कर्कट
आजको दिन अनुकल देखिन्छ । धनप्राप्तिको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईप्रति राग राख्ने मित्रहरु समेत तपाईलाई सम्मानका शब्दहरु प्रयोग गर्नेछन् । कसैलाई दिनुभएको धन फिर्ता हुनेछ ।
सिंह
आजको दिन तपाईले घर परिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने संभावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई धोका हुनसक्छ । मौन र आफ्नो काममा मात्र ध्यान दिनुहोला ।
कन्या
तपाईको दाम्पत्य जीवनमा सुख, समृद्धि हुँदै जानेछ । मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । तपाईले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईले केही कन्याहरुलाई फलफूल उपहार दिनु भयो भने तपाईको मनमा प्रशन्नता छाउनेछ ।
तुला
आजको दिन समय त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन तुला राशिको जातकहरुले कुनै पनि काम गर्दा ध्यान दिनुहोला । तपाईले सोचअनुसार काम नहुँदा मनमा उल्टो चिन्ता छाउने छ ।
वृश्चिक
व्यापारबाट लाभ प्राप्त हुनेछ । स्त्रीजतिको साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा आमा, श्रीमति, छोरीहरुलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईको कार्य सफलता मिल्नेछ । आजको दिन मित्रहरुसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।
धनु
तपाईले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ।
मकर
मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएके स्थानमा रहेको मठ मन्दिर वा देवीको मन्दिरको दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ । आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ ।
कुम्भ
स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्व तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार ब्यबसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।
मीन
दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यहरुसँग यात्रा गर्नुहोला । मंगलवारको दिन घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा परिवारका सदस्यलाई दिनुभयो भने घरका सदस्यहरु बीच सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापार ब्यबसायबाट नसोचेको फाइदा मिल्नेछ । शिवालय र देवालय यात्राले मनमा हर्ष छाउने छ ।













सिकार खेल्न गएका साथीको मृत्यु, भरुवा बन्दुकसहित ५ जना पक्राउ
आजका लागि कृषिउपजको थोक मूल्य: मूल्यगोलभेँडा प्रतिकिलो रु ११०,प्याज प्रतिकिलो रु ५५
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
आजकाे माैसम : तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कांग्रेसले अहिलेसम्म किन बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची ?
प्रतिक्रिया