सन्दर्भः ८ मार्च
सुरक्षा निकायमा महिला सहभागिता कति ?

काठमाडौं । पछिल्लो समय सुरक्षाका विभिन्न निकायहरुमा महिलाको सहभागिता बढ्दो छ ।
लैङ्गिक समानता झल्काउँदै नेपालको संविधानमा प्रत्यक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको भएता पनि सुरक्षा निकायहरुमा महिलाको सहभागिता चित्त बुझ्दो छैन ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा गरी देशभर करिब १ लाख ८८ हजार जनशक्ति रहेका छन् जसमध्य करिब १९ हजार महिला जनशक्तिहरु छन् । यो आकडाले महिला सहभागिताको अवस्था दयनीय रहेको स्पस्ट बुझिन्छ ।
नेपाल प्रहरीमा ८ हजार
हाल नेपाल प्रहरीमा ७५ हजार ४ सय ६३ जनशक्ति छन् । जसमध्ये ८ हजार ३ सय ३४ जना महिला छन् । ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्नेमा प्रहरी संगठन भने मुस्किलले ११ प्रतिशतमात्र रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ष्ठ उपरिक्षक (एसएसपी) विष्णु केसीले बताए ।
६ दशक लामो इतिहास बोकेको नेपाल प्रहरीमा महिला प्रहरी महानिरीक्षक भएका छैनन् । पहिलोपटक महिला भर्ना ००८ देखि सुरु भयो । ०४९ मा खुला प्रतिस्पर्धाबाट पहिलोपटक इन्स्पेक्टरमा महिला भर्ना भए । अहिलेकी डिआईजी पूजा सिंह त्यतिवेला भर्ना भएकी एक्ली महिला हुन् ।
नेपाली सेनामा ७ हजार
सेनामा कुल ९० हजार जनशक्ति छन् जसमध्य ७ जजार मात्रै महिला जनशक्तिहरु छ । जसमध्य ५ हजार ६२ जना जुनियर पोस्टमा छन् भने बाँकीका करिब ३ सय जना मात्रै माथिल्लो ओहोदामा छन् ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलका अनुसार कुल जनशक्तिको जम्मा ७ प्रतिशत मात्रै महिला सहभागिता छ ।
सेनामा पहिले प्राविधिक सेवामा मात्र महिलालाई भर्ना लिइन्थ्यो । २०६१ सालसम्म पहिला नेपाली सेनामा प्राविधिक सेवामा मात्र महिलालाई भर्ना लिइन्थ्यो । महिलालाईसमेत भर्ना लिन थालेपछि नेपाली सेनामा महिलाहरुको संख्या बढेको छ ।
सशस्त्र प्रहरी बलमा ३१ सय
सुरक्षा निकायहरु मध्यकै कान्छो निकाय मानिने सशस्त्र प्रहरी बलमा महिलाहरुको सहभागिता निराशाजनक छ ।
सशस्त्रमा ३७ हजारको दरबन्दी छ तर ३३ हजार मात्रै कार्यरत छन् । ३३ हजार मध्ये ३१ सय महिला कार्यरत रहेकाे सशस्त्र प्रहरी बलका प्रवक्ता कमलप्रसाद तिउसिनाले बताए ।
सशस्त्र प्रहरी बलमा स्थापनाकाल अर्थात् ०५८ देखि नै महिला सहभागिता थियो । इन्स्पेक्टरमा महिला भर्ना भने ०६० देखि थालिएको थियो ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>














महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने
माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
निसीखोलामा पुतली नाचको रौनक
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेसको आधिकारिकताबारे आयोगले भन्यो– विधि र पद्धतिमा रहेर निर्णय गर्छौं
प्रतिक्रिया