रामकोट घटना: भीममान र मन्दिराको होस खुल्यो, ११ वर्षीया बालिकाको अवस्था जटिल बन्दै

काठमाडौं । नागार्जुन नगरपालिका ६ रामकोटस्थित डाँडापौवामा बस्दै आएका एक प्रधान परिवारले सोमबार राती सामूहिक आत्महत्याको प्रयास गरेका थिए । परिवारका पाँँचै जना सदस्यले विषादी सेवन गरेर आत्महत्याको प्रयास गरेको प्रहरीको निष्कर्श छ ।
विषादी सेवन गरेका ५ जना मध्य एक जनाको सोमबार राति नै निधन भएको थियो भने ४ जनाको अवस्था अचेत थियो । बुधबार अचेत रहेका मध्यका ३८ वर्षीय भीममान प्रधान र उनकी श्रीमती ३५ वर्षीया मन्दिरा प्रधानको होस खुलेको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरिक्षक (एसपी) दिनेश मैनालीका अनुसार ३८ वर्षीय भीममान प्रधान र उनकी श्रीमती ३५ वर्षीया मन्दिरा प्रधानको अवस्था सुधार आएको हो र ६२ वर्षीया इन्दिरामायाको अवस्था पनि केही सुधारो हुदै गएको छ । यद्यपी ११ वर्षीया सुप्रियाको अवस्था भने झन जटिल बन्दै गएको एसपी मैनालीको भनाइ छ ।
उनीहरू पाँच जनालाई अचेत अवस्थामा प्रहरीले फेला पारेको थियो । अचेत भेटिएकामध्ये ३३ वर्षीय सुर्वणमान प्रधानको घटनास्थलमै मृत्यु भइसकेको थियो भने अन्य चार जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको छ ।














राष्ट्रिय सभाको १९औँ अधिवेशन : बोहराको निधनमा प्रस्ताव पारित
राष्ट्रिय सभा सदस्यबाट नारायणकाजी, वामदेव र भगवतीले दिए राजीनामा
ग्रिनल्यान्ड मुद्दामा ट्रम्पको कदम : ८ युरोपेली देशमा अमेरिकी भन्सार लागू हुने संकेत
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
प्रतिक्रिया