फुजिमा आयल कम्पनीले देशैभर स्तन क्यान्सरको निःशुल्क परीक्षण गराइदिने
मेरोन्यूज
२०७८ फागुन २५ गते १७:४८

काठमाडौं । फुजिमा आयल कम्पनीले देशैभरका महिलाहरुमा हुने स्तन क्यान्सरको निःशुल्क परीक्षण गराउने भएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कम्पनीले स्तन क्यान्सरको निःशुल्क परीक्षण गराउने घोषणा गरेको हो ।
स्तन क्यान्सरको निःशुल्क परीक्षणका लागि आफ्नो उत्पादन कन्ट्रोल लुब्रिकेन्ट्समा प्रति लिटर एक रुपैयाँ छुट्याएको जनाएको छ ।
कम्पनि मंगलबार विराटनगरको विराट अस्पतालमा ५० जना महिलाको निःशुल्क स्तन क्यान्सर परीक्षण गराएर अभियानको शुरुवात गरेको थियो ।
ग्लोवल क्यान्सर अब्जरभेटरी सन् २०२० को तथ्यांक अनुसार नेपालमा ९.६० प्रतिशत महिलामा क्यान्सर रोग पाइएको छ ।
जनगणना २०७८ अनुसार कुल जनसंख्याको ५१.५ प्रतिशत महिलाको संख्या रहेको छ । जुन १ करोड ३६ लाख ४४ हजार ६ सय ६९ हुन आउछ । त्यसमध्य ९.६० प्रतिशत महिलामा स्तन क्यान्सर रहेको अध्ययनले देखाएको छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
प्रतिक्रिया