२४ सैं घण्टा रात्रिकालीन व्यवसाय चलाउन गृहको छुट

काठमाडौं । सरकारले रात्रिकालीन व्यवसायमा लगाएको समय सीमा हटाएको छ । गृह मन्त्रालयले सबै जिल्ला प्रशासनलाई पत्राचार गर्दै २४ घण्टा नै ब्यवसाय सञ्चालन गर्ने ब्यवस्था मिलाउन निर्देशन दिएको छ ।
‘स्थानीय प्रशासनले ब्यवसायीहरुसँगको समन्वयमा सुरक्षा ब्यवस्थालाई ध्यानमा राखी २४ घण्टा ब्यवसाय सञ्चालन गर्ने ब्यवस्था मिलाउने छ ।’– गृहले पठाएको पत्रमा भनिएको छ ।
मनोरञ्जन प्रधान पर्यटनमुलक ब्यवसायलाई समय सान्दर्भिक रुपमा ब्यवस्थित बनाउन र मर्यादित ब्यवसायको रुपमा विकास गर्न ब्यवसायीहरुको अहम् भूमिका हुने भन्दै ब्यवसायी तथा पेशाकर्मीलाई आचारसंहिता पालना गरी काम गर्न गृहले भनेको छ ।
डान्स रेष्टुरेन्ट एण्ड बार, लाइभ ब्याण्ड, लाउन्ज बार, पबबार, क्लव र डिस्कोथेगजस्ता ब्यवसायमा १८वर्ष मुनिका बालबालिकालाई ग्राहकको रुपमा प्रवेश गर्न निषेध गर्नुपर्ने गृह मन्त्रालयको निर्देशनमा उल्लेख छ ।
साथै कोभिड महामारी कायमै रहेको भन्दै थर्मल गन जस्ता उपकरण प्रयोग गरी चाँच गरेर मात्रै ग्राहकलाई प्रवेश गराउनुपर्ने पनि परिपत्रमा भनिएको छ ।
डान्स बार तथा नृत्य मनोरञ्जन हुने स्थानमा अश्लिलता प्रदर्शन नहुने गरी नृत्य गर्न सक्ने तथा कलाकारहरुले कलाकारिता सिपमुलक नृत्य प्रस्तुत गर्नुपर्ने पनि आचारसंहितामामा उल्लेख छ ।
रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाएका थिए ।
कार्यदलको सिफारिस अनुसार रात्रिकालीन व्यवसायलाई २४ सै घण्टा सञ्चालन गर्न दिने निर्णय गरेको हो । गृहले ६ पृष्ठ लामो आचारसंहितासहितको पत्र सवै जिल्ला प्रशासनलाई पठाएको छ ।
















पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया