आइतबार, माघ ४, २०८२

संखुवासभामा बस दुर्घटना, मृतकको संख्या १३ पुग्यो

मेरोन्यूज २०७८ फागुन २६ गते १०:०७

काठमाडौं । संखुवासभामा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको बस मादी नगरपालिका ६ सात घुम्तीमा दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १३ जना पुगेको हो ।

बसमा करिब १९ देखि २१ जना यात्रु सवार रहेका थिए जसमध्य १३ जनाको मृत्यु भएको संखुवासभा प्रहरीका प्रवक्ता डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार १३ जनाको शव निकालि सकेको छ तर मृतकहरुको पहिचान खुलेको छैन ।

दुर्घटनामा ५ जनाको जीवितै उद्धार गरिएको छ । स्थानियका अनुसार सुवास गोले, युका पोखरेल, तुलसा कडुवाल, बलबहादुर कार्की र अम्बिका कार्कीलाई जीवितै उद्धार गरिएको हो ।

बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

याे पनि:-

संखुवासभामा बस दुर्घटना, १० जनाको मृत्यु

प्रतिक्रिया