अपडेट
संखुवासभा दुर्घटना : १४ जनाको मृत्यु,घाइतेकाे हेलिकप्टरबाट उद्धार

काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । १४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) लालध्वज सुवेदीले पुष्टि गरेका हुन् ।
दुर्घटनामा परेर ५ जना घाइते भएका छन् । घाइते भएका हरुको उद्धारका लागि गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा घटनास्थल तर्फ हेलिकप्टर पठाईएको छ ।
मृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टर प्रयोग गरेर यथाशिघ्र उद्धार गर्न निर्देशन दिएको हो ।
‘मन्त्रीन्यूबाट घाइतेहरूको हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन भएको छ । हामीले नेपाली सेनासँग सम्पर्क गरेर हेलिकोप्टर उद्धारका लागि संखुवासभाको चैनपुरमा पठाउने तयारी गरिरहेका छौँ,’ गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार घाइतेलाई घटनास्थलबाट अहिले चैनपुर पु¥याइँदैछ । चैनपुरबाट हेलिकोप्टरमा धरान पु¥याउने तयारी भइरहेको प्रजिअ खतिवडाले जानकारी दिए ।
संखुवासभाको मादीबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको थियो ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया