बालबालिकाले खाने बालभिटा गुणस्तरहीन

डडेल्धुरा,
डडेल्धुराको परशुराम नगरपालिकाका अधिकांश स्वास्थ्य संस्थामा उपलब्ध बालभिटा डल्लो परेको (गुणस्तरहीन) भेटिएको छ। बालभिटाको बट्टामा प्रयोग अवधि सन् २०२२ को अगष्टसम्म उल्लेख भए पनि भित्र धूलो डल्लो परेको भेटिएको हो।
बालभिटाभित्र धुलो हुनुपर्ने भए पनि ढिक्का भएको परशुराम नगरपालिका-४ कटाल स्वास्थ्य चौकीका अहेव नन्दराम नाथले बताए। उनले यस्तो समस्या नगरपालिकाभरि नै रहेको बताए। ‘जिल्ला स्वास्थ्य कार्यालयबाटै यस्तो पठाएको हो। यता भण्डारणमा समस्या छैन। सप्लाइमा समस्या हो,’ अहेव नाथ भन्छन्, ‘हामी अहिले यो नै वितरण गरिरहेका छौं, बालभिटा प्रयोग गर्नेहरूलाई डल्लो आएमा प्रयोग नगर्न र धुलो मात्रै प्रयोग गर्न भनेका छौं।’
जिल्ला स्वास्थ्य कार्यालयले परशुराम नगरपालिकामा दुई महिनाअघि बालभिटा पठाएको उनी बताउँछन्। उनी भन्छन्, ‘पहिले पठाएकोमा समस्या थियो। अहिले पठाएको ठिक छ।’
बालभिटामा समस्या देखिएपछि वितरण नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको परशुराम नगरपालिकाका स्वास्थ्य संयोजक तेजबहादुर सिंहले जानकारी दिए। ‘कार्टुन हामी खोल्दैनौं, साथीहरूबाट डल्लो आएको गुनासो आएपछि प्रयोग नगर्न र स्वयंसेविकालाई नदिन भनेका छौं,’ उनले भने, ‘उपभोक्तासम्म नपुगेको होला, तर कसैले जानकारी नपाएर दिएको हुन सक्छ, जिल्ला स्वास्थ्य कार्यालयमा बुझ्दा हामीलाई पनि त्यस्तै आएको भन्नु हन्छ।’
बालभिटा केन्द्र सरकारले खरिद गरेर पठाएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख आशुतोष श्रेष्ठले बताए। उनी भन्छन्, ‘कार्टुन हामी खोल्दैनौं। माथिबाटै त्यस्तो आएको पनि हुन सक्छ। कहिलेकाहीँ स्टोरको समस्याले पनि हुन सक्छ।’
एक वर्षअघि गत फागुनमा स्वास्थ्य कार्यालय डडेल्धुरामा बालभिटा पठाएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक पदम बिष्टले बताए। उनी भन्छन्, ‘समस्या डडेल्धुरामा मात्रै देखियो, केन्द्रबाट आएको दुई-चार दिनमा हामीले त्यता पठाएका हौं, त्यता कति होल्ड भयो भन्ने हो। भण्डारणमा समस्या हुन सक्छ, लापरबाहीभन्दा पनि कहिलेकाहीँ नजानेर पनि हुन सक्छ।’
बच्चा जन्मेको ६-११ महिनासम्म, १२-१७ महिनासम्म र १८-२३ महिनासम्मलाई हुने गरी तीनपटक बालभिटा वितरण हुने गरेको छ। बच्चा जन्मिएपछि दुई वर्षभित्र उसको ८० प्रतिशत मस्तिष्क विकास हुने हुँदा त्यसका लागि पनि बालभिटाले मद्दत पुर्याउने स्वास्थ्यकर्मीहरू बताउँछन्।
जन्मेको ६ महिनादेखि २ वर्षमुनिका बालबालिकाका लागि सरकारले बालभिटा निःशुल्क उपलब्ध गराउँदै आएको छ। यसको सेवनबाट बालबालिकामा कुपोषण र श्वासप्रश्वासको समस्या नहुने तथा फूर्तिलो बनाउन मद्दत गर्छ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया