आइतबार, वैशाख २७, २०८३

भौतिक पूर्वाधारविना देश विकासको कल्पना गर्न सकिँदैन : प्रधानमन्त्री देउवा

मेरोन्यूज २०७८ फागुन २७ गते १२:५६

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले भौतिक पूर्वाधारको विकासविना देशको समग्र विकास नहुने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारण सभा तथा १२ औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले भौतिक पूर्वाधारको विकास गर्न निर्माण व्यवसायीहरूको ठूलो योगदान रहेको बताए ।

Advertisement
NiccNicc

प्रधानमन्त्री देउवाले निर्माण व्यवसायीको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । ‘भौतिक पूर्वाधारको विकासविना देश विकासको कल्पना गर्न सकिँदैन, यसले मिलेर निर्माण क्षेत्रमा लाग्नु पर्ने हुन्छ,’ उनले भने, ‘निर्माण व्यवसायीको क्षमताले देशको विकास भएको छ ।’

उनले अहिलेको समस्या समाधान गर्न व्यवसायीहरूसँग छलफल गर्न सकिने बताए । उनले अधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गरी महासंघको नेतृत्व चयन गर्नसमेत आग्रह गरे ।

प्रतिक्रिया