आइतबार, माघ ४, २०८२

करिब ६ किलो गाँजासहित युवा पक्राउ

मेरोन्यूज २०७८ फागुन २९ गते ९:५०

महोत्तरी । जिल्लाको गौशाला नगरपालिकामा बिक्री वितरण गर्ने उद्देश्यले सञ्चय गरी राखेको करिब ६ किलो लागु औषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौशाला ५ बस्ने ३५ वर्षीय हरेन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

हरेन्द्र साहले गाँजा बिक्री वितरणको कारोबार गर्दै आएको गोप्य सूचनाका आधारमा शनिबार साँझ इलाका प्रहरी कार्यालय गौशाला पुगेको थियो । प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा प्लाष्टिकमा बेरेर जेब्रा झोलामा लुकाएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको हो ।

गाँजा बरामद भएसँगै कारोबारी हरेन्द्रलाई पनि प्रहरीले घरबाटै पक्राउ गरेको छ । प्रहरीले थप कारबाहीको तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया