नेपाल बैंकका कर्मचारी र ग्राहकलाई पोखराको चरक अस्पतालमा छुट
मेरोन्यूज
२०७८ फागुन २९ गते १८:४८

काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरुलाई पोखरास्थित चरक मेमोरियल हस्पिटलमा उपचार शुल्कमा बिशेष छुट हुने भएकोछ ।
नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।
साथै नेपाल बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग र क्युआर कोर्ड मार्फत भुक्तानी गर्ने ग्राहकलाई अस्पतालको विविध सेवाहरुमा १० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
गण्डकी प्रदेशको पोखरामा भएको उक्त सम्झौतापत्रमा चरक मेमोरियल हस्पिटलका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मी र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका थिए ।
सम्बन्धित
















प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया