बिहीबार, पुष १७, २०८२

पशु सुत्केरी भत्ता वितरण कार्य सुरु

मेरोन्यूज २०७८ फागुन ३० गते ११:२१

कोहलपुर नगरपालिकाले सुरुआत गरेको पशु बीमा तथा सुत्केरी भत्ता वितरण कार्यक्रमले किसान लाभान्वित भएका छन् । पशु बीमा कार्यक्रमअन्तर्गत किसानले बेहोर्ने पशु बीमा प्रिमियमको ५० प्रतिशत अनुदान र पशु सुत्केरी भत्ता रकम वितरण सुरु गरिएको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिएका छन ।

उहाँले किसानलाई कृषि क्रान्ति गर्नका नगरपालिकाले लागि सहज र सरल किसानमैत्री वातावरण तयार गरिदिएको बताउनुभयो । सुत्केरी भत्ता तेस्रो चरणको र बीमा पहिलो र दोस्रो चरणको रकम भुक्तानी दिएको नगर पशु सेवा शाखाका प्रमुख गोेविन्द रोकायले बताएका छन ।

उहाँका अनुसार, बीमा पशु बीमा कार्यक्रममा १३६ कृषक लाभान्वित भएका छन् जसमा ३५५ पशु सङ्ख्यामध्ये गाई ८४, भैँसी १७२, बाख्रा ७९ रहेका छन् । किसानलाई रु दुई लाख ३४ हजार २७१ वितरण गरिएको छ । पशु सुत्केरी भत्ता ११७ कृषकलाई वितरण गरिएको छ । जम्मा १८३ मध्ये गाई ८५ र भैँसी ९८ रहेका छन् । किसानलाई पशु सुत्केरी भत्ताको रु तीन लाख ६६ हजार वितरण गरेको पशु सेवा शाखा प्रमुख रोकायले बताए ।

प्रतिक्रिया