पशु सुत्केरी भत्ता वितरण कार्य सुरु

कोहलपुर नगरपालिकाले सुरुआत गरेको पशु बीमा तथा सुत्केरी भत्ता वितरण कार्यक्रमले किसान लाभान्वित भएका छन् । पशु बीमा कार्यक्रमअन्तर्गत किसानले बेहोर्ने पशु बीमा प्रिमियमको ५० प्रतिशत अनुदान र पशु सुत्केरी भत्ता रकम वितरण सुरु गरिएको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिएका छन ।
उहाँले किसानलाई कृषि क्रान्ति गर्नका नगरपालिकाले लागि सहज र सरल किसानमैत्री वातावरण तयार गरिदिएको बताउनुभयो । सुत्केरी भत्ता तेस्रो चरणको र बीमा पहिलो र दोस्रो चरणको रकम भुक्तानी दिएको नगर पशु सेवा शाखाका प्रमुख गोेविन्द रोकायले बताएका छन ।
उहाँका अनुसार, बीमा पशु बीमा कार्यक्रममा १३६ कृषक लाभान्वित भएका छन् जसमा ३५५ पशु सङ्ख्यामध्ये गाई ८४, भैँसी १७२, बाख्रा ७९ रहेका छन् । किसानलाई रु दुई लाख ३४ हजार २७१ वितरण गरिएको छ । पशु सुत्केरी भत्ता ११७ कृषकलाई वितरण गरिएको छ । जम्मा १८३ मध्ये गाई ८५ र भैँसी ९८ रहेका छन् । किसानलाई पशु सुत्केरी भत्ताको रु तीन लाख ६६ हजार वितरण गरेको पशु सेवा शाखा प्रमुख रोकायले बताए ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया