नेपाल बैंकको कार्डले न्यूरो कार्डियो हस्पिटलमा विशेष छुट

काठमाडौं । विराटनगरस्थित न्यूरो कार्डियो हस्पिटलले नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई उपचारमा विशेष छुट दिने भएको छ ।
नेपाल बैंक लिमिटेडका कर्मचारीहरु एवं ग्राहकहरुलाई विराटनगरस्थित न्यूरो कार्डियो हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा बिशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
दुई पक्षीय सम्झौतासँगै नेपाल बैंकमा कार्यरत कर्मचारीलाई अस्पतालको विबिध सेवाहरुमा लाग्ने शुल्कमा २० प्रतिशतसम्म र नेपाल बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग र क्युआर कोडमार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
नेपाल बैंक र विराटनगरस्थित न्यूरो कार्डियो अस्पतालबीच फाल्गुण २७ गते सम्झौता भएको थियो ।
सम्झौता पत्रमा न्यूरो कार्डियो अस्पतालका तर्फबाट संचालक निर्देशक राजेश भट्टराई र नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले हस्ताक्षर गरेका थिए ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
सुरक्षा निकायका प्रमुखसहित ‘कन्ट्रोल रुम’बाट निर्वाचन क्षेत्रको ‘मनिटर’ गर्दै गृहमन्त्री
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
प्रतिक्रिया