२७ वर्षअघिको भ्रष्टाचार ब्यूँत्याउँदै, मरेका मान्छेविरुद्ध पनि मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २७ वर्षअघिको भ्रष्टाचार ब्यूँत्याउने प्रयास गरेको छ । विं.सं. २०५१ सालको वैशाख ११ गते तनहुँस्थित शुक्लागण्डकी नगरपालिका १६ को हिमाली प्राविको विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर सार्वजनिक जग्गा बिक्रीबारे आयोगले अनुसन्धान थालेको हो ।
साविक ढोरफिर्दी गाविसमा रहेको जग्गा विभिन्न व्यक्तिलाई घरसारको कागज बनाई गैरकानुनी रुपमा जग्गा बेचेपछि समितिविरुद्ध उजुरी पर्यो । समितिका तत्कालीन अध्यक्ष याम बहादुर बानिया, सदस्य सचिव (प्रधानाध्यापक) याम बहादुर ठकुरीसहित ७ जनाविरुद्ध उजुरी परेको थियो ।
समितिका सदस्य घनश्याम बाँनिया, हरि कुमारी महत, धुन बहादुर पुलामी, ज्ञान बहादुर बाँनिया र खडक बहादुर बाँनियासहितले एक लाख ६९ हजार रुपैयाँ लिएर सरकारी जग्गा भोगचलन गर्ने गराउने गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
बिक्री भएको जग्गाको एक लाख ६९ हजार विगो कायम गरेर उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो । आरोपितमध्ये याम बहादुर, धुन बहादुर, ज्ञान बहादुर र खडक बहादुरको मृत्यु भइसकेको छ । मृत्यु भए पनि उनीहरुले भ्रष्टाचार गरेको देखिएकोले उनीहरुसँग मागदावी लिइएको छ ।
सार्वजनिक जग्गालाई घरसारको कागजातहरु बनाई आँफैले घडेरी नम्बर कायम गरेर भोगचलन गरेको आरोपमा खरिद गर्नेलाई समेत अख्तियारले आरोपी बनाएको छ । सन्त बहादुर सिजालीमगर, तिलुदेवी वराल, डोलराज आचार्य, डिल बहादुर आले, विष्णुमाया थापा, विष्णु प्रसाद लम्साल, शरण बहादुर बिक, बलराम वानिया, बुद्दिमाया बिक, बाबुराम बानिया, लोक बहादुर माकिम, पूर्ण बहादुर बिक र धन बहादुर बिकले विद्यालय व्यवस्थापन समितिलाई पैसा दिएर जग्गा भोग चलन गरेका थिए ।
उनीलाई मतियारको रुपमा कारबाही माग गरिएको छ । भोगचलन गरिरहेकाबाट जग्गाको भोग हटाई जफत गर्न माग गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । भोगचलन गरेकामध्ये लोक बहादुर, डोलराज र धन बहादुरको मृत्यु भइसकेको छ ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया