९० लाख चिठ्ठाको लोभमा लुटियो २९ लाख !
मेरोन्यूज
२०७८ चैत १ गते १५:३६

काठमाडौं । सामाजिक सञ्जाल वाट्सएपमार्फत पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि रकम रकम तिर्नुपर्छ भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले ९० लाख चिठ्ठा परेको भन्दै २९ लाख रुपैयाँ ठगेको आरोपमा भक्तपुरको ठिमी बस्ने काभ्रेपलाञ्चोकको मन्डनदेउपुर नगरपालिका–४ घर भएका ३८ वर्षीय गान्दीप गौतमलाई पक्राउ गरेको हो ।
पक्राउ परेका गौतमले आफू विदेशी नागरिक डा.जोहान लोरेन्स भएको सामाजिक सञ्जाल वाट्सएपबाट बताएका थिए । उनले सामाजिक सञ्जालकै माध्यमबाट ‘९० लाखको चिठ्ठा परेको छ, सँगै सुनको सिक्री, दुई लाख पाउण्ड भएको सुटकेस समेतको पार्सल पठाएको छु’ भन्दै एकजनालाई म्यासेज पठाएका थिए ।
पक्राउ परेका उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको अपराध महाशाखाले जनाएको छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया