नेपाललाई पपुवा न्युगिनीले दियो २०५ रनको लक्ष्य
मेरोन्यूज
२०७८ चैत २ गते १५:००

काठमाडौँ । आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत आजको खेलमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई दुई सय ५ रनको लक्ष्य दिएको छ । जारी त्रिदेशीय सिरिजको खेलमा आज नेपाल र पपुवा न्युगिनीको खेल जारी छ ।
युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित सारजहा क्रिकेट मैदानमा भएको खेलमा पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर दुई सय ४ रन बनाएको हो ।
पीएनजीका लागि चार्लेस अमिनिले सर्वाधिक ५९ रनको योगदान गरे । ओपनर टोनी उरा २७ रन र लेगा सियाका २५ रन बनाएर पभेलियन फकिँदा कप्तान आसाद भालाले १९ रन जोडे ।
नेपालको बलिङमा सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । कप्तान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल र आरिफ शेखले समान एक विकेट लिए ।
सम्बन्धित









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
प्रतिक्रिया