पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, महिनामा साढे १० अर्ब घाटा

काठमाडौँ । इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ ।
आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर ११४ रुपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर दुई हजार २४० रुपैयाँ ३४ पैसा पुगेको निगमले जनाएको छ ।
पेट्रोलियम पदार्थको बिक्रीबाट चैत महिनामा मात्रै १० अर्ब ६१ करोड नोक्सानी हुने निगमको प्रक्षेपण छ । निमगलाई मार्च १६ देखि ३१ सम्म पेट्रोलियम बिक्रीबाट पाँच अर्ब ३० करोड ९८ लाख घाटा हुने बताइएको छ । सो अवधिमा पेट्रोलको बिक्रीबाट एक अर्ब सात करोड ९८ लाख, डिजेलको बिक्रीबाट तीन अर्ब १६ करोड ७२ लाख र एलपी ग्यासको बिक्रीबाट एक अर्ब २६ करोड ३७ लाख नोक्सानी हुने अनुमान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
निगमलाई मट्टितेल र हवाई इन्धनको बिक्रीबाट सामान्य नाफा हुनेछ । १५ दिनमा मट्टितेलको बिक्रीबाट एक करोड ५० लाख, हवाई इन्धन (आन्तरिक)बाट एक करोड १३ लाख र हवाई इन्धन (अन्तर्राष्ट्रिय)बाट १७ करोड ५३ लाख नाफा हुने प्रवक्ता उपाध्यायको भनाइ छ । मट्टितेल र हवाई इन्धनको बिक्रीबाट हुने नाफाले निगमको घाटा न्यूनीकरणमा उल्लेख्य योगदान गर्न सकेको छैन ।
आइओसीबाट आज प्राप्त मूल्यमा कर थपिँदा पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ ८१ पैसा, डिजेलमा ३६ रुपैयाँ ४४ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमको भनाइ छ । मट्टितेलमा प्रतिलिटर १९ रुपैयाँ ५१ पैसा, हवाई इन्धन (आन्तरिक)मा चार रुपैयाँ छ पैसा र हवाई इन्धन (अन्तर्राष्ट्रिय)मा प्रतिलिटर ४३ रुपैयाँ ८४ पैसा नाफा रहेको निगमले जनाएको छ ।
१५ दिनमा पेट्रोल ३२ हजार ९१५ किलोलिटर, डिजेल ८६ हजार ९१० किलोलिटर, मट्टितेल ७७० किलोलिटर, हवाई इन्धन (आन्तरिक) दुई हजार ७७९ किलोलिटर, हवाई इन्धन (अन्तर्राष्ट्रिय) चार हजार किलोलिटर र एलपी ग्यास १८ लाख ९९ हजार २७८ सिलिण्डर खपत हुने निगमको आंकलन छ ।
काठमाडौँ उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १५०, डिजेल र मट्टितेलको प्रतिलिटर १३३, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर १३६, हवाई इन्धन (अन्तर्राष्ट्रिय)को प्रतिलिटर अमेरिकी डलर १.२९ र एलपी ग्यासको बिक्री मूल्य प्रतिसिलिण्डर एक हजार ५७५ रहेको छ ।

















Gold and silver prices increase in domestic market
बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी
महिलाको अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्न आवश्यक छ: प्रधानमन्त्री कार्की
काभ्रेका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित
China FM blasts Middle East war, urges US to manage ties
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
इरान–इजरायल युद्ध फैलिँदै
प्रतिक्रिया