एनसेलको सस्तो मोबाइल डेटा : नयाँ गज्जबको दैनिक जीबी प्याकहरू

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले फागु पुर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याकअन्तर्गत नयाँ डेटा प्याक ल्याएको छ । साथै कम्पनीले दैनिक जीबी डेटा प्याकअन्तर्गत सञ्चालनमा रहेका प्याकमा भोल्युम बढाएको छ ।
ग्राहकले अब करसहित मात्र १२९ रुपैयाँमा ७ जीबी अल टाइम डेटा प्याकको फाइदा लिँदै प्रति दिन ७ दिनसम्म १ जीबी डेटा प्रयोग गर्न सक्छन् । त्यसैगरी १४ जीबी अल टाइम डाटा प्याक मात्र १९९ रुपैयाँमा लिएर ७ दिनसम्म दैनिक २ जीबी डेटा प्रयोग गर्न सक्छन् ।
यी दुई दैनिक जीबी डेटा प्याकबाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै संचालनमा रहेका डेटा प्याकमा डेटा भोल्युम पनि बढाएको छ । यसअन्तर्गत ग्राहकले पहिलेकै मूल्यमा थप भोल्युमसहितको डेटा प्याकबाट फाइदा लिन सक्छन् ।
भोल्युम बढाइएको डेटा प्याकअन्तर्गत ग्राहकले १६९ रुपैयाँमा १०.५ जीबी डेटा खरिद गरी दैनिक १.५ जीबी डेटा ७ दिनसम्म प्रयोग गर्न सक्छन् । पहिला यही शुल्कमा ग्राहकले दैनिक १ जीबीका दरले ७ दिनसम्म कूल ७ जीबी पाइरहेका थिए ।
अलि धेरै डेटा भोल्युम चाहिने ग्राहकले अब मात्र २६९ मा २१ जीबी डेटा हरेक दिन ३ जीबीका दरले ७ दिनसम्म प्रयोग गर्न सक्छन् । यसअघि ग्राहकले सोही मूल्यमा १४ जीबी डेटा हरेक दिन २ जीबीका दरले ७ दिनसम्म पाइरहेका थिए ।
त्यसैगरी एनसेलका ग्राहकले अब मात्र ५९९ रुपैयाँमा ४२ जीबी डेटाको फाइदा लिन सक्छन् जसअन्तर्गत ग्राहकले हरेक दिन २८ दिनसम्म १.५ जीबी डेटा प्रयोग गर्न सक्छन् । यी नयाँ तथा परिमार्जित प्याक आज (चैत्र २) बाट सञ्चालनमा ल्याइएका हुन् ।
प्रिपेड ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार सुरु गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेलको एप तथा वेबसाइटमार्फत यी प्याक खरिद गर्न सक्छन् ।
दैनिक जीबी डेटा प्याकअन्तर्गत ल्याइएका नयाँ अल टाइम डेटा प्याक र थप गरिएका डेटा भोल्युमले ग्राहकलाई आफ्ना परिवार तथा साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहिरहन र फागु पर्वलाई अझै धेरै रमाइलो बनाउँदै खुसीयाली साट्न मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

















Gold and silver prices increase in domestic market
बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी
महिलाको अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्न आवश्यक छ: प्रधानमन्त्री कार्की
काभ्रेका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित
China FM blasts Middle East war, urges US to manage ties
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया