इंग्लिस प्रिमियर लिग : एभर्टनको सानदार जित
मेरोन्यूज
२०७८ चैत ४ गते ६:३३

काठमाडौं । इन्जुरी समयको नवौं मिनेटमा एलेक्स इवोबीको निर्णायक गोलसँगै इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीवार राति भएको खेलमा एभर्टनले न्युक्यासल युनाइटेडलाई १-०अन्तरले पराजित गरेको छ ।
घरेलु मैदान गुडिसन पार्कमा निर्घारित ९० मिनेटको समयमा कुनै गोल नभएपछि १० खेलाडीमा सीमित एभर्टन इन्जुरी समयमा महत्त्वपूर्ण तीन अंक हासिल गर्न सफल भयो । इन्जुरी समय १५ मिनेट खेलिएको थियो ।
खेलको ८३औं मिनेटमा एलानले रातो कार्डको सामना गरेपछी एभर्टन १० खेलाडीमा सीमित भएको थियो । तर न्युक्यासल त्यसको फाइदा उठाउन सफल भएन ।
जितसंगै एभर्टनले रेलिगेशन क्षेत्र बाहिर रहेको छ । उसको २७ खेलबाट २५ अंक रहदा १७औं स्थानमा छ । यता, न्युक्यासल २९ खेलबाट ३१ खेलसहित १४औं स्थानमा छ ।
जारी लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहेको छ ।
सम्बन्धित









आठौँ सामाजिक सुरक्षा दिवस : साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र
हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया