बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
मेरोन्यूज
२०७८ चैत ४ गते १७:५१

काठमाडौं,
बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टोखा नगरपालिका–१ भत्केकोपुल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ घर भएका ४२ वर्षीय राजेन्द्र विश्वकर्मा छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७८ फागुन १० गते बैंकिङ कसूर मुद्दामा उनलाई २० लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर गरेको थियो ।
अदालतले फैसला सुनाएपछ विश्वकर्मा फरार रहेका थिए । उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं टोखाबाट पक्राउ गरेको हो ।
विश्वकर्माले बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी चेक दिएका थिए ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
सम्बन्धित
















विप्लवले चुनाव नलड्ने
Minister Gupta resigns
Election preparations up in Manang
राजीनामा दिँदै सञ्चारमन्त्री खरेल, ललितपुर–२ बाट उम्मेदवार बन्ने
चीनको अर्थतन्त्र २०२५ मा ५ प्रतिशतले वृद्धि
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रतिक्रिया