रौतहटमा २ राउण्ड गोली चल्यो, तीन एम्बुलेन्समा क्षति
वडा अध्यक्ष रामाज्ञा यादव सहित ५ जना लाई नियन्त्रणमा

काठमाडौं । रौतहटको कटहरीया नगरपालिका–९ डुमरिया गाउँमा होली मनाउने क्रममा दुई पक्षबिच झडप भएको छ । शुक्रबार राति भएको झडप नियन्त्रणका लागि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।
झडपका क्रममा दुई पक्षबिच ढुङ्गा हानाहान भएको र घाइतेलाई उद्धार गर्न गएका तीन वटा एम्बुलेन्समा क्षति पुगेको प्रहरीले जनाएको छ । होली खेल्दै गर्दा बाबा डिस्टिलरीका सञ्चालक ओम प्रकाश जयसवाल र कट हरिया–९ डुमरियाका वडा अध्यक्ष रामाज्ञा यादव पक्षबिच भएको दोहोरो झडपमा दुवै पक्षका गरी तीन जना घाइते भएका छन् ।
घाइतेमध्ये वडा अध्यक्ष यादवका भतिज राजकुमार यादवको टाउकोमा गहिरो चोट लागेको र उनकै पक्षका महबुब मिंयाको अनुहारमा गहिरो चोट लागेको छ । उनीहरूलाई थप उपचारको लागि राति नै एम्बुलेन्सबाट वीरगन्ज पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।
त्यसै गरी जयसवाल पक्षका घाइते जटाशंकर साहको गरुडास्थित एउटा निजी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले वडा अध्यक्ष रामाज्ञा यादव सहित ५ जना लाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।
















विप्लवले चुनाव नलड्ने
Minister Gupta resigns
Election preparations up in Manang
राजीनामा दिँदै सञ्चारमन्त्री खरेल, ललितपुर–२ बाट उम्मेदवार बन्ने
चीनको अर्थतन्त्र २०२५ मा ५ प्रतिशतले वृद्धि
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रतिक्रिया